सांसदले भने- नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

सांसदले भने- नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

काठमाडौं। प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका हुन्।

सरकार कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गरेका छन्।

प्रकाशित मिति:     २१ भाद्र २०७९, मंगलवार  |    Himali Khabar