पेट्रोलको मूल्य भारतबाट बढेर आयो

पेट्रोलको मूल्य भारतबाट बढेर आयो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार बढेको देखिएको हो।

आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२ रुपैयाँ घाटा पुगेको छ।

तर पेट्रोलमा भने अझै प्रतिलिटर २ रुपैयाँ नाफा छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ। अब एलपी ग्यासमा १५ दिनको नोक्सानी करिब ५० करोड पुग्नेछ।

प्रकाशित मिति:     १६ भाद्र २०७९, बिहीबार  |    Himali Khabar