दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

दशै र तिहारका लागि ४० लाखको तास ल्याइयो

काठमाडौं । दशैं र तिहार पर्वलाई लक्षित गरी साउन महिनामा ४० लाख रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा चीनबाट उक्त रकम बराबरको तास आयात भएको हो ।

दशैं र तिहारमा तासको खपत उच्च हुने भएकाले साउन महिनादेखि नै उच्च रुपमा तास आयात भएको हो । विभागका अनुसार साउन महिनामा चीनबाट १ लाख ८१ हजार ४४३ प्याकेट तास आयात भएको छ ।

गत वर्ष भने चीन, भारत, फ्रान्स, जर्मनी, हंगेरी र अमेरिकाबाट २१ करोड ५४ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो ।

प्रकाशित मिति:     १३ भाद्र २०७९, सोमबार  |    Himali Khabar