पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता

पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं, ३ भदौ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ । लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन प्रयोजनार्थ सर्वेक्षण अनुमति पत्र जारी गर्न कआयोजित कार्यक्रममा सो श्वेतपत्र पनि जारी गरिएको हो ।

राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीको सहभागिता थियो । प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।

पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत परियोजना विकास गर्ने सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिको प्रतिवेदन तथा बोर्डको बैठकको निर्णयको आधारमा उक्त परियोजनाहरू कार्यान्वयन गर्न सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा २९ को उपदफा (२) बमोजिम स्वीकृत गरिएको थियो । सोहीअनुसार सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग समझदारीपत्रमा बिहीबार हस्ताक्षर पनि भएको छ । पश्चिम सेती निर्माणका लागि लगानीको बोर्डले भारत कम्पनी एनएचपीसी इन्टरप्राइजेज लिमिटेडसँग सम्झौता भएको हो ।

प्रकाशित मिति:     ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar