श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता

काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।

प्रकाशित मिति:     ३ श्रावण २०७९, मंगलवार  |    Himali Khabar