स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

काठमाडौं । शंकास्पद धन लुकाउनको लागि चर्चित रहेको स्वीस बैंकमा नेपालीहरुको बचत घटेको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्यान्क(३९ अर्ब१६ करोड) रुपैयाँ बचत स्वीस बैंकमा रहेको छ ।

सन् २०२० को स्वीस नेशनल बैंकको रिपोर्ट अनुसार नेपालीहरुको ३६ करोड ८ लाख स्वीस प्र्यान्क(४८ अर्ब ४३ करोड) रुपैयाँ बचत थियो । ७ करोड स्वीस प्र्याकले नेपालीहरुको बचत घटेको थियो । पछिल्ला वर्षहरुमा स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै गएको रिपोर्टमा देखिन्छ ।

सन् २०२० मा स्वीस बैंकमा नेपालीहरुले जम्मा गरेको रकम अहिलेसम्मकै उच्च हो । सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर भएको हो । सन् २०१९ मा १७ करोड ५८ लाख स्वीस फ्र्यान्क नेपालीहरुको स्वीस बैंकमा रहेको थियो ।

प्रकाशित मिति:     २१ असार २०७९, मंगलवार  |    Himali Khabar