नेपालीले ११ महिनामा २ करोडौं ५३ लाखको दाँत कोट्याउने सिन्का प्रयोग गरे

नेपालीले ११ महिनामा २ करोडौं ५३ लाखको दाँत कोट्याउने सिन्का प्रयोग गरे

काठमाडौं । भन्सार विभागको विवरणअनुसार चालु आवको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ। त्यसका लागि मात्रै दुई करोड ५३ लाख ५२ हजार रुपैयाँ बराबरको रकम विदेशिएको छ।

विभागको विवरण अनुसार चिनबाट मात्रै दुई करोड ५१ लाख ६२ हजार मूल्य बराबरको टुथपिक भित्रिएको देखिन्छ। अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ। योभन्दा परनिर्भर चरित्र अरु हुनै नसक्ने जानकारहरूको भनाइ छ।

प्रकाशित मिति:     १९ असार २०७९, आईतवार  |    Himali Khabar