श्रीमान् १० वर्ष बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

श्रीमान् १० वर्ष बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

काठमाडौं । सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरूले यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

एकल महिलाको परिभाषामा ‘नियमित १० वर्षभन्दा बढी समय श्रीमान् सम्पर्क विहिन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपाले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भन्दा दिने व्यवस्था छ ।

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्धय विक र विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन्

प्रकाशित मिति:     १६ असार २०७९, बिहीबार  |    Himali Khabar