पर्यटनमन्त्री आले मन्त्री पदबाट राजीनामा दिए

पर्यटनमन्त्री आले मन्त्री पदबाट राजीनामा दिए

काठमाडौं। संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको स्रोतले बताएको छ ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति:     १२ असार २०७९, आईतवार  |    Himali Khabar