पूर्वाधार करमा सरकारले नागरिकलाई झुक्यायो !

पूर्वाधार करमा सरकारले नागरिकलाई झुक्यायो !

काठमाडौं । सरकारले नागरिकलाई राहत दिन भन्दै पूर्वाधार कर तत्कालका लागि हटाएको घोषणा गरेको थियो । तर निगमले भने भन्सार विन्दुमा उक्त कर तिर्दै आएको देखिन्छ ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग एक लिटर पेट्रोल १३१ रुपैयाँ ९१ पैसामा खरिद गर्छ । निगमले आइतबार सार्वजनिक गरेको नयाँ मूल्य सुचीमा पनि पुर्वाधार कर लगाइएको छ । भन्सार कर २५ रुपैयाँ २३ पैसा, सडक मर्मत तथा सम्भार कर ४ रुपैयाँ, प्रदूषण कर १ रुपैयाँ ५० पैसा र पूर्वाधार कर १० रुपैयाँ भन्सार बिन्दुमै तिर्दै आएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो ।

यो सबै जोड्दा एक लिटर पेट्रोलको खरिद लागत २१२ रुपैयाँ ५८ पैसा हुनजान्छ ।

यस्तै डिजेल खरिदमा पनि भन्सार कर १२ रुपैयाँ ३ पैसा, सडक मर्मत कर २ रुपैयाँ, प्रदूषण कर १ रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ तिरेको देखिन्छन् ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक बर्षमा नागरिकलाई राहत दिन उक्ता कर नलिने घोषणा जेठ १६ गते मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गर्नु भएको थियो । तर आर्थिक बर्ष सकिन अब केही साता मात्र बाकी रहदा पनि त्यो कार्यान्वयनमा गएको देखिदैन ।

प्रकाशित मिति:     ६ असार २०७९, सोमबार  |    Himali Khabar