पर्यटन मन्त्री आलेलाई बर्खास्ती गर्न पर्यटन व्यवसायीको माग

पर्यटन मन्त्री आलेलाई बर्खास्ती गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नैतिकताका आधारमा तत्काल राजीनामा दिन माग गरेका छन् । संस्कृतिको संरक्षण र पर्यटन विकास विकासमा योगदान गर्नुपर्ने मन्त्रीले पदीय मर्यादा विपरित काम गरेको भन्दै पर्यटन क्षेत्रका तीन संगठन नेपाल पर्यटन व्यवसायी संघ (नीट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रय पर्यटन व्यवसायी संगठनले नैतिकताको आधारमा तत्काल राजीनामा गर्न र नगरे बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री आलेले केही समयअघि मात्र आफ्ना आफ्न्तलाई जागिर नलगाईदिएको भन्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई फोन मार्फत गालीगर्लौज गर्नुका साथै कार्यकक्षमै कुटपिट गरेको घटना बाहिरिएको छ । यसअघि उनले विदेशमा रहेका एक नागरिकलाई पनि यस्तै गालीगर्लौज गरेका थिए ।

यसका साथै उनीहरुले लुम्बिनी विकास कोषको गुरुयोजना अनुरुप आध्यात्मिक अभ्यासका लागि छुट्याईएको लुम्बिनी ग्रामको चार विघा क्षेत्रलाई मा परेको व्यवसायीक कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रियानै पुरा नगरी रिर्सोटका लागि अनुमति दिएको पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:     ६ असार २०७९, सोमबार  |    Himali Khabar