ठमेल परिषदमा सहमति जुटाउन ८ महिने अध्यक्षको प्रस्ताव

ठमेल परिषदमा सहमति जुटाउन ८ महिने अध्यक्षको प्रस्ताव

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिसि) मा सहमति नेतृत्व चयनका लागि अनौठो प्रस्ताव अघिसारिएको छ । यहि असार ३२ गतेका लागि घोषणा गरिएको साधारणसभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

अध्यक्षका लागि बर्तमान उपाध्यक्ष भविश्वर शर्मा, राजुमान डंगोल र महासचिव ध्रुव अधिकारीको चर्चा छ । यी मध्यसबैलाई भाग पुर्‍याउने गरी नेतृत्व चयनको प्रस्ताव अघिसारिएको हो । संघमा कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।

तीन जनाले पालैपालो ८–८ महिना कार्यभार सम्हाल्ने गरी अध्यक्ष चयनको प्रस्ताव गरिएको छ । जसमा पहिलो कार्यकाल शर्मा, दोस्रो डंगाेल र तेस्रो कार्यकाल अधिकारीलाई दिने प्रस्ताव ल्याएको बुझिएको छ ।

यधपी अध्यक्षमा सत्तारुढ दलका तर्फबाट शर्मालाई उम्मेदवार बनाइने छ । तर यो प्रस्तावमा सहमति जुट्ने सम्भावना देखिदैन ।

यस्तो आलोपालो पद्धति गैर आवासीय संघ (एनआरएनए) मा ६-६ महिने अभ्यास छ ।

प्रकाशित मिति:     २ असार २०७९, बिहीबार  |    Himali Khabar