१५ हजार भन्दा बढी रुसी धनाढ्यले देश छाड्ने

१५ हजार भन्दा बढी रुसी धनाढ्यले देश छाड्ने

मस्को । रुसी धनाढ्य आफ्नो मुलुकबाट धमाधम पलायन हुँदैछन् । हेन्ली ग्लोबल सिटिजन्स रिपोर्टले सन् २०२२ को उत्तरार्धसम्ममा १५ हजार भन्दा बढी रुसी करोडपति रुसबाट भाग्ने अनुमान गरेको छ ।

यस वर्ष रुस छाड्ने धनाढ्यको संख्या सन् २०१९ को तुलनामा तेब्वर बढी हुने अनुमान गरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको कारण रुसमाथि थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएका छन् ।

हेन्ली ग्लोबल सिटिजन्स रिपोर्ट सोमबार सार्वजनिक गरिएको थियो । यो रिपोर्ट आधिकारिक आप्रवास तथ्यांक र रुसी करोडपतिले खरिद गरेका रियल इस्टेटमा आधारित छ ।

रुसी करोपतिमध्ये १५ प्रतिशत पलायन हुने अपेक्षा गरिको छ । सन् २०१९ मा ५ हजार ५ सय करोडपतिले रुस त्यागेका थिए । अहिलेसम्म यसरी देश छाड्ने रुसी मध्ये अधिकांशको मनपर्ने गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) रहेको पाइएको छ ।

प्रकाशित मिति:     २ असार २०७९, बिहीबार  |    Himali Khabar