बजारमा चिनीको अभाव: मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म

बजारमा चिनीको अभाव: मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म

काठमाडौं । पछिल्लो समय दैनिक उपभाग्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । विश्व बजारमा नै खाद्य संकट आउने भनेर विभिन्न देशहरूले आफ्नो देशबाट विभिन्न प्रकारको खाद्यान्न निर्यातमा रोक लगाएको छ ।

भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको थियो । त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ ।

केही दिन अघिसम्म ९३ रुपैयाँमा विक्री भइरहेको चिनी अहिले १ सयदेखि १०५ रुपैयाँमा विक्री भइरहेको छ चिनी नभएको मौका पारेर ठूला व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेर १०५ रुपैयाँ पुर्‍याएका साना व्यापारीहरू बत्ताउँछन् ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७९, सोमबार  |    Himali Khabar