फेरि बढ्याे इन्धनको मूल्य, कुनकाे कति ?

फेरि बढ्याे इन्धनको मूल्य, कुनकाे कति ?

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य यथावत रहेको आयल निगमले जनाएको छ ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar