एमए अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

एमए अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमए तेस्रो सेमेष्टरमा अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र गत वर्षको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

प्रश्नपत्र दोहोरिएको पत्ता लागेपछि विद्यार्थीहरुले सामाजिक सन्जालमा त्रिविको आलोचना गरेका छन् । यसको विरोधमा अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले डिनको कार्यालयमा तालाबन्दी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र दोहोरिएको सम्बन्धमा गल्ती स्वीकार गर्दै छानविन गर्ने जनाएको छ ।
अखिल क्रान्तिकारी त्रिवि जिल्ला समिति उपाध्यक्ष विपिन विकले विज्ञप्ति जारी गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आलोचना गरेका छन् । उनले डिन, सहायक, डिन, प्रशासनका कर्मचारीहरुको राजीनामा माग्दै डिनको कार्यालयमा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेको जनाएका छन् ।

प्रकाशित मिति:     २० जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar