कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीप बहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बस्नेतले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा अध्यक्ष बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar