एनएमएमा तालाबन्दी, महासचिव र कोषाध्यक्षको राजीनामा माग

एनएमएमा तालाबन्दी, महासचिव र कोषाध्यक्षको राजीनामा माग

काठमाडौं । सोमबारलाई डाँकिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१औं वार्षिक साधारण सभा अचानक स्थगित भएसँगै पर्यटन श्रमिकहरुले चर्को विरोध जनाएका छन। नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले सोमबार अपरान्ह संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको छ।

सभाहलमा ५ सयभन्दा बढी सदस्यहरु सहभागी भइसकेको अवस्थामा सभा स्थगित गरिएको विरोधमा तालाबन्दी गरिएको हो ।
साधारण सभा नगराउन भूमिका खेलेको भन्दै महासचिव कुलबहादुर गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, तालिम समिति संयोजक तुल्सिङ गुरुङ र मनाङ पर्वतीय स्कुलका संयोजक पासाङ तेण्डि शेर्पाले राजीनामा नदिएसम्म ताला नखोल्ने उनीहरुको तर्क छ ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar