पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुनको मूल्य कति ?

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुनको मूल्य कति ?

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।

नयाँ मूल्यसँगै अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टीतेल १६३ रूपैयाँ लिटर पर्नेछ। त्यस्तै एलपी ग्यास १८०० (एक हजार ८ सय) रूपैयाँ पर्नेछ।

हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ पुगेको छ।

प्रकाशित मिति:     ८ जेष्ठ २०७९, आईतवार  |    Himali Khabar