पर्यटक आगमनमा १६० प्रतिशतले वृद्धि

पर्यटक आगमनमा १६० प्रतिशतले वृद्धि

काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बन्न थालेको छ । पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।

सन् २०२२ को सुरुदेखि नै विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बृद्धि हो ।

अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन् । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा बढीको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ । गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले वृद्धि भएको बोर्डका निर्देशक मणि लामिछानेले बताए ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७९, शनिबार  |    Himali Khabar