२६ औं पटक सगरमाथा आरोहण गरेर कामिरितालेे ताेडे आफ्नै रेकर्ड

२६ औं पटक सगरमाथा आरोहण गरेर कामिरितालेे ताेडे आफ्नै रेकर्ड

काठमाडौं । प्रख्यात आरोही कामिरिता शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। उनले यही वैशाख २४ गते सगरमाथाको सफल आरोहण गरेका हुन्।

सन् २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए। त्यसयता उनले निरन्तर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्दै आएका छन्। उनले वैशाख २४ मा २६ औंपटक आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन्।

प्रकाशित मिति:     २५ बैशाख २०७९, आईतवार  |    Himali Khabar