७७ वटै जिल्लामा पुग्यो मतपत्र

७७ वटै जिल्लामा पुग्यो मतपत्र

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपत्र ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ। आयोगले वैशाख १३ गतेदेखि विभिन्न जिल्लामा मत पत्र पठाउन सुरु गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

प्रकाशित मिति:     २४ बैशाख २०७९, शनिबार  |    Himali Khabar