राहुल गान्धी काठमाडौंमा

राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टी (कंग्रेस आई)का पूर्वअध्यक्ष राहुल गान्धी नेपाल आएका छन् ।

भिस्तार एयरलाइन्सको विमानमार्फत उनी सोमबार काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

निजी भ्रमणका क्रममा नेपाल आएका गान्धी अहिले काठमाडौंस्थित मेरियट होटलमा बसेका छन् ।

लोकसभाका सांसदसमेत रहेका गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन नेपाल आएको जनाइएको छ ।

प्रकाशित मिति:     २० बैशाख २०७९, मंगलवार  |    Himali Khabar