बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थल अवरुद्ध

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थल अवरुद्ध

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किंदा विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए । अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।

प्रकाशित मिति:     १७ बैशाख २०७९, शनिबार  |    Himali Khabar