दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई

काठमाडौं। दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

प्रकाशित मिति:     ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar