विदेशबाट फर्कँने यात्रुले एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

विदेशबाट फर्कँने यात्रुले एकभन्दा बढी ल्याएमा १६ प्रतिशतसम्म कर

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नागरिकले ल्याउने मोबाइललगायतका विद्युतीय सामानमा कडाइ गरेको छ। विमानस्थल भन्सार कार्यालयले अहिले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइल मात्रै भन्सार छुट दिन थालेको छ।

विमानस्थल भन्सारले एउटाभन्दा बढी (प्रयाेग भएको वा नयाँ) मोबाइल ल्याउनेलाई २.५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने थालेको छ। भन्सार कार्यालयले यसअघि प्रयोगमा रहेको एउटा र अर्को एउटा नयाँ फोन ल्याउँदा भन्सार तिराउने गरेको थिएन।

तर कानूनमा भने प्रयोगमा भएको वा व्यक्तिगत प्रयोगका लागि ल्याइने एक सेटमा मात्रै भन्सार नलाग्ने व्यवस्था छ। व्यवहारिक रुपमा भन्सार कार्यालयले यात्रुलाई केही सहजता दिँदै आएको थियो। तर पछिल्लो सयम नेपाल आउने यात्रुलाई भरिया बनाएर महँगा फोन पठाउन थालेपछि कार्यालयले एकभन्दा बढी सामान ल्याउनसँग कर लिन थालेको हो।

प्रकाशित मिति:     ८ बैशाख २०७९, बिहीबार  |    Himali Khabar