भारतबाट पेट्रोलको मुल्य ४.७९ रुपैयाँ घटेर आयो, के अब नेपालमा घट्छ !

भारतबाट पेट्रोलको मुल्य ४.७९ रुपैयाँ घटेर आयो, के अब नेपालमा घट्छ !

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा मूल्य घटेर आएको जनाएको छ। शनिबार आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य ४.७९ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ।

तर, डिजेलमा भने प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको छ। पेट्रोलमा मूल्य घटेर आएको भए पनि आगामी १५ दिनमा ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ।

प्रकाशित मिति:     ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar