नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का लाग्यो

नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का लाग्यो

काठमाडौं । सरकारले नागढुङ्गादेखि मलेखुसम्मको सडक खण्ड विस्तारका लागि ठेकदार कम्पानी छनोट गरेको छ । नागढुङ्गादेखि नौबीसेसम्मको खण्डको विस्तारका लागि छानिएको कम्पनीसँग खरिद सम्झौता भइसकेको छ भने भने नौबीसे मलेखु खण्डको विस्तारको लागि ठेकदार कम्पनीलाई सडक विभागले बोलाइसकेको छ ।

सडक विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार नागढुङ्गादेखि नौबीसेसम्मको खण्ड विस्तारको जिम्मा सगुन कन्स्ट्रक्स्नले पाएको छ । एक चिनियाँ कम्पनीसँगको ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का हालेको कम्पनीले लागत अनुमान भन्दा करिब ३५ प्रतिशतभन्दा कममा ठेक्का पाएको हो ।

करिब १ अर्ब ३१ करोडको ठेक्का लागेको यो खण्डको काम नौबीसेतर्फबाट सुरु गर्ने गरी विभागले कार्यादेश दिइसकेको छ । यो खण्ड विस्तारको काम काम २ वर्षमा सकिने अनुमान छ ।

प्रकाशित मिति:     ५ बैशाख २०७९, सोमबार  |    Himali Khabar