कागतीको मूल्य झण्डै ३ वृद्धि, गोटाकै २० रुपैयाँ

कागतीको मूल्य झण्डै ३ वृद्धि, गोटाकै २० रुपैयाँ

काठमाडौं । एक महिनामा नेपाली बजारमा कागतीको मूल्य झण्डै ३ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्य वैशाख २ मा आइपुग्दा ३५० रुपैयाँसम्म पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पुगेको छ । कालीमाटी बजारमा अहिले कागतीको प्रतिकिलो मूल्य कम्तीमा ३२० देखि ३५० रुपैयाँसम्म रहेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

चिसो मौसममा उत्पादन हुने कागती महँगो हुनुमा पहिलो कारण मौसम र दोस्रो आयातको स्रोत मुलुक भारतमै महँगिएर नेपालमा असर देखिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति:     ३ बैशाख २०७९, शनिबार  |    Himali Khabar