आर्थिक संकटका कारण श्रीलंकामा औषधी अभाव

आर्थिक संकटका कारण श्रीलंकामा औषधी अभाव

काठमाडौं । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन्। सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ।

अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन्। दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ।

प्रकाशित मिति:     २ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar