सार्वजनिक बसको भाडा, कहाँ को कति ?

सार्वजनिक बसको भाडा, कहाँ को कति ?

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो ।समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रकाशित मिति:     १ बैशाख २०७९, बिहीबार  |    Himali Khabar