८ महिनामा ६ खर्ब ३१ अर्ब रेमिट्यान्स नेपाल भित्रियाे

८ महिनामा ६ खर्ब ३१ अर्ब रेमिट्यान्स नेपाल भित्रियाे

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा विभिन्‍न देशबाट नेपालमा छ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १‍.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो।

यस वर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ।

प्रकाशित मिति:     ३० चैत्र २०७८, बुधबार  |    Himali Khabar