नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्ति गरेको हो ।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनालाई सिफारिस गरेको थियो।

पौडेल नेपाल टेलिकमसँग सम्बन्धित व्यक्ति भने होइनन्।

प्रकाशित मिति:     २४ चैत्र २०७८, बिहीबार  |    Himali Khabar