आर्थिक संकटको प्रभाव : श्रीलंकामा आपतकाल घोषणा

आर्थिक संकटको प्रभाव : श्रीलंकामा आपतकाल घोषणा

काठमाडौं । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिनाकुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ ।

प्रकाशित मिति:     १९ चैत्र २०७८, शनिबार  |    Himali Khabar