स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

प्रकाशित मिति:     १४ चैत्र २०७८, सोमबार  |    Himali Khabar