काठमाडौं। बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो।
जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको छ। हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब कायम छ।
यस्तै निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने बैठकले निर्णय गरेको छ। हाल निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ कायम छ ।
बिमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तभित्र तोकिएको पुँजी कायम गर्नु पर्ने छ ।