फागुनमा ४९ प्रतिशतले घट्यो सेयर बजारबाट सरकारलाई हुने आम्दानी

फागुनमा ४९ प्रतिशतले घट्यो सेयर बजारबाट सरकारलाई हुने आम्दानी

काठमाडौं । फागुन महिनामा पुँजी बजारबाट सरकारलाई हुने कमाइ ४९ प्रतिशतले घटेको छ। पुँजी बजारबाट सरकारले सेयर किनबेच गरेवापत ‘क्यापिटल गेन ट्याक्स’ लिने गर्छ। सरकारको यस्तो ट्याक्स माघ महिनाको तुलनामा फागुन महिनामा ४९ प्रतिशतले घटेको हो। माघमा ८० करोड ५४ लाख रुपैययाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले फागुनमा ४१ करोड ५ लाख रुपैयाँमात्र संकलन गरेका छ।

धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताले मात्र तिर्ने उक्त लाभकर फागुन महिनामा घटेको जानकारी सिडिएससीले दिएको हो। कुल पूँजीगत लाभकरमध्ये अल्पकालीन लगानीकर्ताबाट ५४ दशमलव २२ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट ४५ दशमलव ७८ प्रतिशत संकलन भएको जानकारीसमेत सिडिएससीले दिएको छ।

फागुनमा अल्पकालीन लगानीकर्ताबाट २२ करोड २६ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १८ करोड ७९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको सिडिएससीको भनाइ छ।

प्रकाशित मिति:     ९ चैत्र २०७८, बुधबार  |    Himali Khabar