घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामवशिस्ट यादवले जानकारी दिए ।

प्रकाशित मिति:     ८ चैत्र २०७८, मंगलवार  |    Himali Khabar