सुन तस्करीमा अध्यागमन विभागका कर्मचारीकै सम्लग्नता

सुन तस्करीमा अध्यागमन विभागका कर्मचारीकै सम्लग्नता

काठमाडौं । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्।

फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ।

यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति:     १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar