प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

प्रकाशित मिति:     ५ फाल्गुन २०७८, बिहीबार  |    Himali Khabar