काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।
लिटरमा १३.१७ प्रतिशते वृद्धि भएको हो।सरकारले समर्थन मूल्य बढाएसँगै उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तय गर्नेछ। दूध उत्पादन लागत बढेको भन्दै किसानले मूल्य बढाउन माग गर्दै आएका थिए।