पीसीआर परीक्षणको शुल्क घट्याे, अब ८ सय र २ हजार मात्र

पीसीआर परीक्षणको शुल्क घट्याे, अब ८ सय र २ हजार मात्र

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेकोमा अब ८ सय मात्रै तिरे पुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी अस्पतालहरुले अब १५ सयमा नै पीसीआर परीक्षण गर्नुपर्ने छ ।यसअघि निजी प्रयोगशालालहरुले २ हजार रुपैयाँ लिने गरेका छन् ।

सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरुको भने निःशुल्क परीक्षण गर्ने जनाएको छ ।

प्रकाशित मिति:     ५ माघ २०७८, बुधबार  |    Himali Khabar