मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो ।

टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । उनका अनुसार मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ ।

प्रकाशित मिति:     ५ माघ २०७८, बुधबार  |    Himali Khabar