कोरोना संक्रमण त्रास : कहाँ के गर्न पाइन्छ, के पाइदैन ? यस्तो छ सरकारी निर्देशन

कोरोना संक्रमण त्रास : कहाँ के गर्न पाइन्छ, के पाइदैन ? यस्तो छ सरकारी निर्देशन

काठमाडौं । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ ।
पूर्वनिर्धारित परीक्षा यथावत राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको छ ।

१) सबै प्रकारका आमसभा, जुलुस, धेरै मान्छे भेला हुने कार्यक्रम माघ मसान्तसम्म नपाइने

२) गोष्ठी, सेमिनारमा भौतिक उपस्थित हुनुपर्ने भएमा बढीमा २५ जनामात्र

३) माघ ७ गतेपछि पूरै डोज खोप लाएका व्यक्तिमात्र गोष्ठी, बैठकमा भाग लिन पाउने

४) फिल्म हल, जिमखाना, रात्रिकालीन सबै व्यवसाय, स्वीमिङ पुलहरू माघ १५ सम्म बन्द

५) विद्यालय, विश्वविद्यालय, कलेज र ट्यूसन सेन्टरहरू माघ १५ गतेसम्म बन्द

६) पूर्वनिर्धारित परीक्षा, भाषा परीक्षा, चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा नरोकिने

६)मठ मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने

७) सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश नदिइने

८) पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्नेगरी बढीमा ५० जनामात्र रहने

९) प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध, पास्नी, न्वारानजस्ता कार्यक्रम गर्न पाइने

१०) माघ ७ पछि खेलकुद कार्यक्रममा खोपकार्डका आधारमा मात्र रंगशालामा प्रवेश गर्न दिने

प्रकाशित मिति:     २ माघ २०७८, आईतवार  |    Himali Khabar