कोभिडको जोखिम बढ्याे : अब के गर्न पाइन्छ ? के पाइँदैन ?

कोभिडको जोखिम बढ्याे : अब के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सरकारले विद्यालय बन्दसहितका बन्देजका विभिन्न प्रावधानहरू जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालयका बन्द गर्नेसहित विभिन्न १३ बुँदे सूचना जारी गरेको हो ।
जसमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक स्थलमा हिंड्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ । सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ गतेदेखि खोपकार्ड लागू हुनेछ ।

नेपाल प्रवेश केन्द्रमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकार बनाउने, कोभिडविरुद्धको खोपलाई अभियानकै रूपमा अगाडि बढाउने, स्वास्थ्यका मापदण्ड पालाना गरी विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाहरू संचालन गर्नेसहितक प्रावधान छन् ।

कोभिड संक्रमणको स्थानीय अवस्था हेरी स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको कार्यान्वयन सम्बन्धमा गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशित गरिएको छ ।

प्रकाशित मिति:     २५ पुष २०७८, आईतवार  |    Himali Khabar