भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेहरूलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध गराउने भएको छ। उनीहरूले प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले जानकारी दिइन ।

अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने उनको भनाइ छ। यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित मन्त्री भुसालको विश्वास छ।

प्रकाशित मिति:     ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar