पुसभित्र ३० प्रतिशत खर्च गर्न अर्थमन्त्री ठूलो चुनौती

पुसभित्र ३० प्रतिशत खर्च गर्न अर्थमन्त्री ठूलो चुनौती

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ मा ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा ५ महिना अर्थात मंसिरसम्म २८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

पुँजीगत खर्च बढाउन अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका मन्त्री र सचिव समेतलाई पुसभित्र ३० प्रतिशत बजेट खर्च गर्न आग्रह गरेका छन् । मंसिर महिनामा साढे १ प्रतिशत मात्र खर्च गरेको सरकारले पौष महिनामा ३० प्रतिशत पु¥याउन धेरै प्रतिशत खर्च गर्नुपर्ने छ । अर्थमन्त्री जनार्दन शर्माले भने अनुरुप विकास खर्च भएको भए, मंसिरमै ३० प्रतशित पुँजीगत खर्च हुनु पर्ने हो । अर्थमन्त्री शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य तय गर्नुभएको छ। तर, यो अवधिमा मन्त्री शर्माले भाषणमा बोलेको भन्दा झण्डै ५ गुणा कम पुँजीगत खर्च भएको देखिन्छ । खर्च बढाउन भाषणभन्दा पनि संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको अर्थशास्त्री डा. रेशम थापाले बताए ।

राजस्व संकलन र चालू खर्चमा निकै राम्रो प्रगति हुँदा पनि विकास खर्च नहुनुको कारण पत्ता लगाउन उनको सुझाव छ । पुँजीगत खर्च प्रयाप्त मात्रामा नहुँदा सरकारको क्षमतामा प्रश्न त उठेको छ नै बैंकहरु तरलता अभावको चपेटाबाट गुज्रनु परेको छ ।

प्रकाशित मिति:     ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar