अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै निगम

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ ।

थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले उद्घाटन गरे ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार थपिएका दुई उडान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र राति नै फर्किने गरी तालिका बनाइएको छ । यसअघि दुबईका उडान रातिमा मात्र हुने गथ्र्यो र अर्को दिन बिहान मात्र नेपालमा अवतरण हुने गथ्र्यो । काठमाडौँ–दुबई रुटमा यात्रुको अत्यधिक चाप बढेको र उडान सङ्ख्या थप्नुपर्ने मागसमेत आएकाले उडान थप गरिएको उहाँले जानकारी दिए ।

दुबईबाहेक निगमले साउदी अरबको रियादमा पनि उडान सुरु गर्दै छ ।

प्रकाशित मिति:     २० मंसिर २०७८, सोमबार  |    Himali Khabar