दक्षिण अफ्रिकासहित नौ देशका यात्रुलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिकासहित नौ देशका यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय मन्त्रिपरिषद्को मङ्सिर १३ गतेको बैठकले गरेको हो।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रकाशित मिति:     १७ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar