नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल घुम्न आए

नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल घुम्न आए

काठमाडौं । नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

नोभेम्बरमा नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। नोभेम्बर महिनामा भारतबाट मात्रै १० हजार ४ सय २१ जना भित्रिएको तथ्यांक छ। भारतीय पछि सबैभन्दा बढी पर्यटक अमेरिकाबाट भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट मात्रै ३ हजार ७ सय ८२ जना नेपाल भित्रिएका छन्।

यस्तै नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने तेस्रो ठूलो देशमा बेलायत रहेको छ। बेलायतबाट नोभेम्बरमा २ हजार २६ जना पर्यटक नेपाल भित्रिएका छन्।

प्रकाशित मिति:     १६ मंसिर २०७८, बिहीबार  |    Himali Khabar